मनीग्राम, आइएमई लिमिटेड र आइएमई पेवीच सम्झौता

MoneyGram partners with IME Pay

विदेशमा रहेका लाखौँ नेपालीहरूका लागि मनीग्राम, आइएमई लिमिटेड र आइएमई पेवीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्बन्धि सम्झौता

काठमाडौँ, १४ असोज २०७७ । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा सेवा प्रदान गर्दै आइरहेको नेतृत्वदायी कम्पनी मनीग्राम इन्टरनेशनल, इन्क – (Bank Transfer ) ले नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पे बीच पीटुपी (P2P) मनी ट्रान्सफरको लागि समझदारी गरेको छ। समझदारीपछि विश्वभरीबाट मनीग्राममार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं रकम प्राप्त गर्न सक्नुहुनेछ ।

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा मनीग्रामको अर्को महत्त्वपूर्ण फड्को हो । यसबाट विश्वका विभिन्न दुई सय (२००) देशमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर मनीग्रामले प्रदान गरेको छ । यस अवसरले सेवाग्राहीहरूलाई मनीग्रामबाट पठाएको रेमिट्यान्स नेपालमा आइएमई पे बाट भुक्तानी लिने नयाँ अनुभव प्रदान गर्नेछ ।

व्यापार व्यवसाय वा रोजगारीका लागि विश्वभरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले मनीग्रामबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको मनीग्रामका लागि साउथ एसियास्थित ग्लोबल स्ट्राटेजीक सेल्स प्रमुख रिज सोहेलले बताउनुभयो । प्रमुख सोहेलले कोरोना भाइरस ( कोभिड–१९) को विश्वव्यापी महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो घरमा वा वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको विश्वास व्यक्त गर्नुभयो ।

वार्षिक आठ खर्व विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । मनीग्रामका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ । सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले मनीग्राम मार्फत आइएमई पे वालेटमा आउने प्रति ट्रान्जेक्सनमा रू. ६० क्यास व्याक प्रदान गर्नेछ । यो अफर आजैदेखि लागु भइ ३१ डिसेम्बर २०२० सम्म कायम हुनेछ ।

रेमिटेन्स सेवाका लागि पर्यावाची नाम आइएमईलाई विश्वमा छरिएर रहेका नेपालीहरूले एउटा भरपर्दो कम्पनी मान्दै आएका छन् । आइएमई यो बजारको पहिलो र धेरै संजाल भएको नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले विगत दुई दशकदेखि निरन्तर स्तरीय रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ । कोरोना भाइरस (कोभिड– १९) को महामारीबाट उत्पन्न सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै आइएमईले रेमिट्यान्स रकम आफ्नै मोबाइल वालेटमा वा विभिन्न माध्यमबाट आफ्नै घरमा प्राप्त गर्न आवश्यक प्रवन्ध मिलाइएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेम राज ढकालले बताउनुभयो । जव कोरोना महामारीको स्थिति सामान्य हुन्छ त्यसपछि उक्त रकम आफुलाई पायक पर्ने आइएमईका एजेन्ट आउटलेटबाट प्राप्त गर्न सकिन्छ, ढकालले थप्नुभयो ।

 

हाम्रो समाचार कभरेज पढ्नुहोस्:

रातोपाटी : मनीग्राम र आइएमई बीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता
ICT समाचार : मनीग्राम र आइएमई पेबीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता
नोटबजार : मनीग्राम र आइएमई पेवीच डिजिटल रेमिट्यान्स सेवा विस्तार सम्बन्धि सम्झौता
Biz शाला : मनीग्राम,आइएमइ र आइएमई पेबीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्न सम्झौता
बिजपाटी : मनीग्रामबाट पठाएको रकम आइएमई पेबाट भुक्तानी
अर्थ पथ : विदेश रहेका नेपालीका लागि मनीग्राम, आइएमई र आइएमई पेवीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता
विकासन्युज : मनीग्रामबाट पठाएको रेमिट्यान्स अब सिधैं आइएमई पे वालेटमा
अर्थतन्त्र : आइएमई लिमिटेड र आइएमई पेवीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्बन्धि सम्झौता
आर्थिक सञ्जाल : मनीग्राम,आइएमई लिमिटेड र आइएमई पेवीच डिजिटल रेमिट्यान्स सेवा विस्तार सम्बन्धि सम्झौता
न्यूजअभियान : मनीग्राम, आइएमई र आइएमई पेबीच सम्झौता
माउन्टेन खबर : मनीग्राम, आइएमई लिमिटेड र आइएमई पेवीच डिजिटल रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता
समयपोष्ट : मनीग्राम र आइएमई बीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

0 Shares:
You May Also Like
Read More

IME Pay वालेटमा रिवार्ड पोइन्टस् साटी उपहार लिने छिटो र सरल तरिका (Redeem Reward Points)

परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले…