IME Pay वालेटमा रिवार्ड पोइन्टस् साटी उपहार लिने छिटो र सरल तरिका (Redeem Reward Points)

परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले विस्थापन गर्दै छ। IME Pay एप एक सुरक्षित र भरपर्दो बिधुतिय भुक्तानी सेवा प्रदायक हो, जस्ले प्रयोगकर्ताहरूलाई बिभिन्न सेवाहरूको साथै आफ्ना आफन्तजनहरुलाई सजिलै पैसा पठाउन र प्राप्त गर्न पनि सकिन्छ। केही सरल र छिटो प्रक्रिया अपनाई तपाइको IME Pay वालेटमा रिवार्ड पोइन्टस् रिडिम गर्नुहोस् र तुरुन्त ब्यालेन्स प्राप्त गर्नुहोस्:

चरण १ : होम पेजको तल दायाँ तिर रहेको “Profile” icon मा थिच्नुहोस।

चरण २ : तपाईंको प्रोफाइलमा “Redeem” बटनमा थिच्नुहोस।

चरण ३ : तपाईंको वालेटमा जम्मा गरिएको रिवार्ड पोइन्टस् अनुसार आफ्नो उपहार छनौट गर्नुहोस। यहाँ वालेटमा २२८२ रिवार्ड पोइन्टस् छ, त्यसैले पहिलो विकल्प छनौट गरिनेछ।

चरण ४ : यहाँ “Redeem” बटनमा थिच्नुहोस।

चरण ५ : तपाईको ४ अंकको वालेट पिन नम्बर दाखिला गर्नुहोस्।

चरण ६ :  आफूले दाखिला गरेको विवरणहरू ठिक भए नभएको समीक्षा गर्नुहोस् र “Confirm” बटनमा थिच्नुहोस्।

चरण ७ : तपाईंको IME Pay वालेटमा रिवार्ड पोइन्टस् सहजै त्यतिनैखेर रिडीम हुनेछ।

चरण ८ : तपाईंको IME Pay वालेट ब्यालेन्समा रिवार्ड पोइन्टस् बाट रिडीम भएको रकम थपिनेछ। यहाँ रू १०० थपिएको छ।

थप जानकारीको लागि यस लिंकमा क्लिक गर्नुहोस् https://www.imepay.com.np/ र IME Pay को बारे थप जानकारी प्राप्तगर्नुहोस् ।

सम्पर्कको लागि

आई एम ई  डिजीटल शोलुसन
आई एम ई  भवन , पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np

टोल फ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np

0 Shares:
You May Also Like