परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले विस्थापन गर्दै छ। IME Pay एप एक सुरक्षित र भरपर्दो बिधुतिय भुक्तानी सेवा प्रदायक हो, जसले प्रयोगकर्ताहरूलाई बिभिन्न सेवाहरूको साथै आफ्ना आफन्तजनहरुलाई सजिलै पैसा पठाउन र प्राप्त गर्न पनि सकिन्छ। यी केही सरल र छिटो छरितो उपायहरु अनुसरण गरी तपाईंको IME Pay वालेट पिन रिसेट गर्नुहोस्:
चरण १: IME Pay एप को होमपेजमा गई “Profile” icon मा थिच्नुहोस ।
चरण २: Profile मा “Security” अप्शन थिच्नुहोस।
चरण ३: यहाँ “Reset Pin” बटन थिच्नुहोस।
चरण ४: आफ्नो IME Pay वालेटमा दर्ता गरिएको जन्म मिति दाखिला गर्नुहोस् र “Continue” बटन थिच्नुहोस।
चरण ५: अब ४ अंकको नयाँ वालेट पिन नम्बर दाखिला गर्नुहोस् र “Submit” बटन थिच्नुहोस।
चरण ६: तपाईंको IME Pay वालेट पिन सफलतापुर्वक परिवर्तन गरिएको छ। अन्तिममा “Confirm” बटन थिच्नुहोस।
थप जानकारीको लागि यस लिंकमा क्लिक गर्नुहोस् www.imepay.com.np र IME Pay को बारे थप जानकारी प्राप्तगर्नुहोस् ।
सम्पर्कको लागि
आइएमई डिजीटल शोलुसन लिमिटेड
आइएमई भवन, पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np
टोल फ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np