IME Pay वालेटमा OTP Code मार्फत छानिएको बैंक लिंक (Bank Link) गर्ने छिटो र सरल उपायहरु

परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले विस्थापन गर्दै छ। IME Pay एप एक सुरक्षित र भरपर्दो बिधुतिय भुक्तानी सेवा प्रदायक हो, जसले  प्रयोगकर्ताहरूलाई बिभिन्न सेवाहरूको साथै आफ्ना आफन्तजनहरुलाई सजिलै पैसा पठाउन र प्राप्त गर्न पनि सकिन्छ। यी केहि सरल र छिटो छरितो उपायहरु अनुसरण गर्नुहोस् र OTP मार्फत छानिएको बैंक IME Pay वालेटमा लिंक गर्नुहोस।

चरण १ : बैंक खाता लिंक गर्न, Profile icon मा थिच्नुहोस।

चरण २ : यहाँ रहेका Linked Banksअप्सनमा जानुहोस्  र Link Now अप्सनमा थिच्नुहोस।

चरण ३ : उपलब्ध बैंकहरूको सूचीबाट तपाईंको बैंक छान्नुहोस्।

चरण ४ : दिईएको खाली बक्समा आफ्नो विवरण: आफ्नो नामथरबैंक खाता नम्बर (दुई पटक) भर्नुहोस्। त्यसपछि “Proceed” बटनमा थिच्नुहोस।

नोट: भरिएका विवरणहरू बैंकमा राखिएको ग्राहक विवरणहरूसँग मेल खानुपर्दछ।

चरण ५ : तपाईको ४ अंकको वालेट पिन नम्बर दाखिला गर्नुहोस्।

चरण ६ : IME Pay को सिस्टम्ले OTP कोड उत्पन्न गर्नेछ।

चरण ७ : एसएमएस मार्फत प्राप्त गरिएको OTP कोड दाखिला गर्नुहोस् र “Continue” बटनमा थिच्नुहोस।

चरण ८ : तपाईंले सफलतापूर्वक तपाईंको बैंकलाई तपाईंको IME Pay Wallet सँग जोड्नुभयो।

नोट:

-ग्राहकले जानकारी सहि भर्नपर्नि हुनेछ ।

-भरिएका सबै विवरणहरु बैंकसँग मिल्नुपर्दछ।

उदाहरण:

-पहिलो, मध्य र अन्तिम नाम

-बैँक खाता नम्बर

-मोबाइल नम्बर

-जानकारी नमिलेको खण्डमा, ग्राहक आफ्नो KYC विवरण अपडेट गर्नको लागि बैंक शाखामा जानुपर्ने हुन्छ।

थप जानकारीको लागि यस लिंकमा क्लिक गर्नुहोस् https://www.imepay.com.np/ र IME Pay को बारे थप जानकारी प्राप्तगर्नुहोस् ।

सम्पर्कको लागि

आई एम ई  डिजीटल शोलुसन लिमिटेड्

आई एम ई  भवन , पानीपोखरी

काठमाडौँ, नेपाल

www.imepay.com.np

टोल फ्री नम्बर (NTC प्रयोगकर्ता मात्र):

16600161616

फोन: 01-4217601, 01-4217600

Email: info@imepay.com.np

0 Shares:
You May Also Like