IME Pay मार्फत कुनै पनि मोबाइल नम्बरमा कसरी पैसा पठाउने

IME Pay एक परिष्कृत डिजिटल वालेट हो जस्ले प्रयोगकर्ताहरूलाई एउटा वालेट देखि अर्को वालेटमा पैसा लेनदेन गर्न, दैनिक उपभोग्य सेवाहरूकाे बिल भुक्तान गर्न र आफ्नो फोनमा मात्र केही ट्यापको भरमा अनलाइन होस् वा अफलाइन, खरीद गर्न सहज बनाउछ। सरल भाषामा भन्नुपर्दा तपाईंको हातमा सबै नगद लेनदेन गर्ने सुबिधा प्राप्त हुन्छ, साधारण किरानाको कारोबार देखि ठुल्ठुला ब्याबसायिक कारोबार सम्म। हाम्रो बिशाल साझेदार र व्यापारीहरूको सञ्जालका कारण हामी तपाईंलाई सबैभन्दा आकर्षक Cashback र अफरहरु प्रदान गर्दछौं, र सदैब तपाईंको दैनिक जीवनलाई सजिलो बनाउन समर्पित छौं।

निम्न सहज र सरल तरिकाहरु अपनाई IME Pay मार्फत कुनै पनि मोबाइल नम्बरमा पैसा पठाउनुहोस (डमेस्टिक रेमिट्यान्स):

चरण १: तपाईंको होमपेजको तल दायाँ तिर “Send/Request” आइकन ट्याप गर्नुहोस्।

चरण २: प्रापकको मोबाईल नम्बर वा नाम यहाँ ट्याप गर्नुहोस्।

चरण ३: प्रापकको नाम वा मोबाईल नम्बर छान्नुहोस् ।

चरण ४: प्रापकको मोबाईल नम्बर सहि छ भनेर निश्चित गरी “Yes” बटन ट्याप गर्नुहोस।

चरण ५ : कारोबार रकम टाइप गर्नुहोस् र next arrow icon ( > ) मा ट्याप गर्नुहोस्। कृपया याद राख्नुहोस्, तपाइँको प्रापकले IME Pay मार्फत रकम प्राप्त गरेमा Rs.50 fee शुल्क बचत गर्न सक्नुहुनेछ ।

चरण ६: तपाइँको प्रापकको नाम, रेमिट्यान्स पठाउनुको  उद्देश्य सम्बन्ध दाखिला गर्नुहोस्। त्यसपछि next arrow icon ( > ) ट्याप गर्नुहोस् ।

चरण ७: तपाईको ४-अंकको वालेट पिन नम्बर दाखिला गर्नुहोस्।

चरण ८ : तपाईंको कारोबारको  विवरणहरू समीक्षा गर्नुहोस् र Send <Amount>“ बटनमा ट्याप गर्नुहोस्।

चरण ९: तपाईंले सफलतापूर्वक प्रापकको मोबाइल नम्बरमा डमेस्टिक रेमिट्यान्सको रूपमा नि: शुल्क पैसा पठाउनुभयो। अब “See Receipt” मा ट्याप गर्न सक्नुहुन्छ वा तपाईंको प्रापकलाई IME Pay प्रयोग गर्न आमन्त्रित गर्न “Invite” बटन ट्याप गर्नुहोस।

*तपाईंको प्रापकले कुनै पनि नजीकको IME Pay एजेन्ट काउन्टरमा नगद पैसा सक्नुहुनेछ।

तपाईंको स्मार्टफोनमा IME Pay डाउनलोड गर्नुहोस्: http://onelink.to/imepay

हाम्रा सुबिधा, ताजा अफर र जानकारीहरु प्राप्त गर्न हामीलाई Facebook, Instagram, Twitter पेजहरु तथा Viber ग्रुपमा Follow गर्नुहोस्।

सम्पर्कको लागि

आइएमई डिजीटल शोलुसन लिमिटेड्
आइएमई भवन, पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np

टोलफ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np

 

0 Shares:
You May Also Like