IME Pay एक परिष्कृत डिजिटल वालेट हो जस्ले प्रयोगकर्ताहरूलाई एउटा वालेट देखि अर्को वालेटमा पैसा लेनदेन गर्न, दैनिक उपभोग्य सेवाहरूकाे बिल भुक्तान गर्न र आफ्नो फोनमा मात्र केही ट्यापको भरमा अनलाइन होस् वा अफलाइन, खरीद गर्न सहज बनाउछ। सरल भाषामा भन्नुपर्दा तपाईंको हातमा सबै नगद लेनदेन गर्ने सुबिधा प्राप्त हुन्छ, साधारण किरानाको कारोबार देखि ठुल्ठुला ब्याबसायिक कारोबार सम्म। हाम्रो बिशाल साझेदार र व्यापारीहरूको सञ्जालका कारण हामी तपाईंलाई सबैभन्दा आकर्षक Cashback र अफरहरु प्रदान गर्दछौं, र सदैब तपाईंको दैनिक जीवनलाई सजिलो बनाउन समर्पित छौं।
निम्न सहज र सरल तरिकाहरु अपनाई IME Pay प्रयोगकर्तालाई पैसा पठाउनुहोस (वालेट–टु-वालेट ट्रान्सफर):
चरण १: तपाईंको होमपेजको तल दायाँ तिर “Send/Request” आइकन ट्याप गर्नुहोस्।
चरण २: आफ्नो फोनबुकबाट IME Pay प्रयोगकर्ता छान्नुहोस् वा माथिको सर्च बारमा नाम वा नम्बर टाइप गर्नुहोस् ।
चरण ३: रकम प्राप्त गर्ने व्यक्तिको नाम वा मोबाईल नम्बर छान्नुहोस् ।
चरण ४: तपाईले पठाउन चाहनु भएको रकम दाखिला गर्नुहोस। अनी, ट्रान्सफरको उद्देश्य दाखिला गर्न “Add Message” मा ट्याप गर्नुहोस्।
चरण ५: ट्रान्सफरको उद्देश्य दाखिला गर्नुहोस् र next icon ( > ) ट्याप गर्नुहोस।
चरण ६: दाखिला गरिएका रकम र उद्देश्य सही छन् भनेर निश्चित गर्नुहोस् र “Send” बटनमा ट्याप गर्नुहोस्।
चरण ७: तपाईको ४-अंकको वालेट पिन नम्बर दाखिला गर्नुहोस्।
चरण ८: तपाईंको कारोबारको विवरणहरू समीक्षा गर्नुहोस् र “Send <Amount>” बटनमा ट्याप गर्नुहोस्।
चरण ९: तपाईंले सफलतापूर्वक IME Pay प्रयोगकर्तालाई नि: शुल्क पैसा पठाउनुभयो। अब “See Receipt” मा ट्याप गर्न सक्नुहुन्छ वा होमपेज फर्कन “Done” बटन ट्याप गर्न सक्नुहुन्छ।
तपाईंको स्मार्टफोनमा IME Pay डाउनलोड गर्नुहोस्: http://onelink.to/imepay
हाम्रा सुबिधा, ताजा अफर र जानकारीहरु प्राप्त गर्न हामीलाई Facebook, Instagram, Twitter पेजहरु तथा Viber ग्रुपमा Follow गर्नुहोस्।
सम्पर्कको लागि
आइएमई डिजीटल शोलुसन लिमिटेड्
आइएमई भवन, पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np
टोलफ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np