IME Pay मा Register हुने छिटो र सरल उपायहरु (KYC प्रक्रिया)

परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले विस्थापन गर्दै छ। IME Pay एप एक सुरक्षित र भरपर्दो बिधुतिय भुक्तानी सेवा प्रदायक हो, जसले  प्रयोगकर्ताहरूलाई बिभिन्न सेवाहरूको साथै आफ्ना आफन्तजनहरुलाई सजिलै पैसा पठाउन र प्राप्त गर्न पनि सकिन्छ। यी केही छिटो, छरितो  र सरल उपायहरु अपनाउनुहोस् र IME Pay मा सजिलै Register गरि KYC प्रक्रिया पुरा गर्नुहोस्:

चरण १: Play Store वा Apple Store बाट एप डाउनलोड गर्नुहोस् र डाउनलोड भई सकेपछि सो एप खोल्नुहोस् ।

चरण २: अब स्क्रिनको तल देखाईएको “Get Started” बटनमा ट्याप गर्नुहोस्।

चरण ३: तपाईंको हालको मोबाइल नम्बर राख्नुहोस् र Next ( -> ) बटन थिच्नुहोस्।

चरण ४: तपाईले मोबाईल नम्बरमा SMS मार्फत ६ अंकको कोड प्राप्त गर्नुहुनेछ, सो कोड खाली बक्साहरूमा भर्नुहोस्।

चरण  ५: अब तपाईंको IME Pay खाताको लागि पासवर्ड सिर्जना गर्नुहोस्।

चरण ६: तपाईंको “Email Address” यहाँ खाली बक्समा भर्नुहोस्।

चरण ७: अनुरोध गरिएको सबै व्यक्तिगत विवरणहरू प्रदान गर्नुहोस् र Next ( -> ) बटनमा ट्यापगर्नुहोस्।

चरण ८: यदि तपाईंसँग CS ID वा अर्को IME Pay प्रयोगकर्ताको मोबाइल नम्बर छ भने “Invitation Code” भनेर दिइएको खाली कोठामा हल्नुहोस यदि छैन भने “Skip” बटनमा ट्याप गर्नुहोस्।

चरण ९: ४ अंकको वालेट पिन सिर्जना गर्नुहोस् र सोही पिन पुनः निश्चित गर्नुहोस्।

चरण १०: तपाई सफलतापूर्वक IME Pay एपमा दर्ता हुनुभयो। अब, तपाईंको KYC पूरा गर्न Verify Nowमा ट्याप गर्नुहोस्।

नोट :
-KYC प्रमाणित गर्नाले तपाईको वालेटलाई सुरक्षित र सरकारी नियमहरूको पालना गर्न सहयोग पुर्याउँदछ।
-KYC प्रमाणित गर्नाले IME Pay मा लेनदेन गर्न सकिने सीमा पनि बढाउनेछ ।
-KYC फारम एकचोटि मात्र भर्नुपर्ने छ।

चरण ११: सबै व्यक्तिगत जानकारीको विवरणहरू भर्नुहोस् र Next ( -> ) बटनमा ट्याप गर्नुहोस्।

चरण १२: आफ्नो वर्तमान ठेगाना भर्नुहोस् र Next ( -> ) बटनमा ट्याप गर्नुहोस्।

चरण १३: ४ मध्य कुनै पनि १ विकल्पहरू रोज्नुहोस् र तपाईंको परिचय कागजातको फोटो अपलोड गर्नुहोस्।

चरण १४: कागजातको अगाडी र पछाडिको फोटो खिच्नुहोस अथवा अपलोड गर्नुहोस्। निश्चित गर्नुहोस् कि तपाईंको कागजात विवरणहरू सहजै पढ्न मिल्ने हुनु जरुरी छ र My Citizenship is Readable” बटनमा ट्याप गर्नुहोस्।

चरण १५ : आफ्नै तस्वीर लिनुहोस्। निश्चित गर्नुहोस् कि तपाईंको आँखाहरू खुल्ला छन् र फोटोमा दुवै कानहरू देखिएका छन्। My Photo is Clear” बटनमा ट्याप गर्नुहोस्।

चरण १६: तपाईंले पहिले सिर्जना गर्नुभएको ४ अंकको वालेट पिन हल्नुहोस

चरण १७: तपाइँको KYC दर्ता प्रक्रिया पूरा भयो।

चरण १८: तपाईको दर्ता गरिएको मोबाइल नम्बरमा तपाईले फोन कल प्राप्त गर्नुहुनेछ वा तपाईको प्रोफाइलमा हरियो टिक मार्क देख्न सक्नुहुनेछ।

थप जानकारीको लागि यस लिंकमा क्लिक गर्नुहोस् http://www.imepay.com.np/ र IME Pay को बारे थप जानकारी प्राप्तगर्नुहोस् ।

सम्पर्कको लागि

आई एम ई  डिजीटल शोलुसन
आई एम ई  भवन , पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np

टोल फ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np

0 Shares:
You May Also Like
Read More

IME Pay Wallet को पिन रिसेट (Pin Reset) यसरी गर्न सक्नुहुनेछ

परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले…