परम्परागत भुक्तानी सेवाभन्दा बिधुतिय भुक्तानी सेवाहरू थप सुविधायुक्त विकल्प हो। लामो लाइन र झन्झटिलो प्रक्रियाहरूलाई स्मार्टफोनको केही ट्यापहरूले विस्थापन गर्दै छ। IME Pay एप एक सुरक्षित र भरपर्दो बिधुतिय भुक्तानी सेवा प्रदायक हो, जसले प्रयोगकर्ताहरूलाई बिभिन्न सेवाहरूको साथै आफ्ना आफन्तजनहरुलाई सजिलै पैसा पठाउन र प्राप्त गर्न पनि सकिन्छ। यी केही छिटो, छरितो र सरल उपायहरु अपनाई डेबिट वा क्रेडिट कार्ड (Debit/Credit Card) मार्फत तपाईंको IME Pay वालेटमा पैसा राख्नुहोस्:
चरण १ : IME Pay एपको मुख्य स्क्रीनमा जानुहोस र माथि रहेको “Add Money” icon मा थिच्नुहोस्।
चरण २ : यहाँ “Debit/Credit Card” विकल्पमा थिच्नुहोस्।
चरण ३ : तपाइँको IME Pay वालेटमा थप्ने इच्छित रकम यहाँ भर्नुहोस् र “Visa/Master” कार्ड विकल्प छान्नुहोस् र Next icon थिच्नुहोस।
चरण ४ : तपाईंको ४-अंकको IME Pay वालेट पिन नम्बर राख्नुहोस्।
चरण ५ : दाखिला गर्नु भएको विवरण समीक्षा गर्नुहोस् र “Proceed” बटनमा थिच्नुहोस।
चरण ६ : तपाइँको कार्डमा देखिए अनुसार सबै आवश्यक जानकारी भर्नुहोस्। अनि “Ok” बटन थिच्नुहोस।
* CVV तपाईंको कार्ड पछाडिको ३-अंकको नम्बर हो।
चरण ७ : तपाइको बैंकबाट SMS मार्फत ६ अंकको OTP कोड प्राप्त हुनेछ।
चरण ८ : OTP कोड यहाँ भर्नुहोस् र “Submit” बटन थिच्नुहोस्।
चरण ९ : कृपया कारोबार प्रक्रिया पुरा नभएसम्म प्रतीक्षा गर्नुहोस्।
चरण १० : तपाईंको पैसा सफलतापूर्वक IME Pay वालेट खातामा थप हुनेछ।
थप जानकारीको लागि यस लिंकमा क्लिक गर्नुहोस् https://www.imepay.com.np/ र IME Pay को बारे थप जानकारी प्राप्त गर्नुहोस् ।
सम्पर्कको लागि
आइएमई डिजीटल शोलुसन लिमिटेड्
आइएमई भवन, पानीपोखरी, काठमाडौँ, नेपाल
टोलफ्री नम्बर: 16600161616 (NTC प्रयोगकर्ता मात्र)
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np