Celebrating the 20th Anniversary of IME

On 11th June, 2020 IME successfully completed two decades of service. Although, the 20th Anniversary of IME deserved a grand celebration, looking at the current situation of the world with the widespread of Covid-19 we abstained from a social gathering. However our chairman, Chandra Prasad Dhakal and Managing Director, Hem Raj Dhakal took the opportunity to thank IME’s customers, partners and fellow colleagues worldwide for their undying support through the past 20 years. 

Message from Chairman & MD to all:

हार्दिक आभार

आदरणीय देश विदेशमा रहनुभएका सेवाग्राही, साझेदार तथा सहकर्मी मित्रहरु,

आइएमई आजदेखि १९औं वर्ष पुरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । २०औं वार्षिकोत्सवको पावन अवसरमा हामी सेवाग्राही, व्यावसायिक साझेदार, सहकर्मी मित्रहरु, नियमक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहान्छौं ।

बिस वर्षअघि आजकै दिन अर्थात विसं २०५७ मा इन्टरनेशनल मनी एक्सप्रेस (आइएमई) ले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको पैसा स्वदेश भित्र्याउने कारोबार शुरु गरेको थियो । यसरी नेपालमा विप्रेषण भित्र्याउने आइएमई नै पहिलो कम्पनी बन्यो । यो बिस वर्षे व्यवसायिक यात्राका लागि तपाईंहरू सबैबाट प्राप्त सहयोग र सद्भावलाई हामीले सदैव मार्गदर्शनको रुपमा लिएका छौं ।

इतिहासको कालखण्डमा कोरोना भाइरस (कोभिड–१९) ले विश्वभरी मानवजातीको अस्तित्वलाई नै अप्रत्यासित चुनौती दिएको छ । यसबाट तपाईं हामी र हाम्रो पेशागत जीवन पनि असामान्य ढंगले प्रभावित भएको छ । यस्तो कठिन अवस्थामा जीवन सुरक्षा पहिलो प्राथमिकता हुन आउँछ । उक्त कुरालाई मध्यनजर गर्दै दैनिक काममा खटिने सहकर्मी साथीहरुको सुरक्षाका लागि हरसम्भव उपायहरू अवलम्बन गरि हाम्रो सेवालाई सूचारु गरेका छौँ ।

स्थापना कालदेखि नै जस्तोसुकै अवस्थामा समेत आमसेवाग्राहीहरूलाई स्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता अनुसार विश्वव्यापी महामारीको बेलामा समेत उक्त परम्परालाई निरन्तरता दिएका छौँ । स्वास्थ्य र सूरक्षाको दृष्टिले जोखिमरहित होस् भनेर नै हामीले ‘ रेमिट टु वालेट’ लगायतका डिजिटल सेवाहरू शुरु गरेका छौँ । भौतिक दुरी कायम गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दा आर्थिक कारोबारका लागि डिजिटल माध्यम नै उपयूक्त देखिएकाले डिजिटल कारोबारलाई प्राथमिकता दिनुहुन पनि अनुरोध गर्दछौँ । कार्यालय एवम् काउन्टर, नभएमा घरबाट समेत आमसेवाग्राहीहरूलाई सेवा प्रदान गर्ने कार्यमा व्यावसायिक साझेदार र सहकर्मी मित्रहरू दत्तचित्त भएर लागिरहनु भएकोले नै यस्तो अवस्थामा समेत सेवा दिन सम्भव भएको हो ।

लामोसमयदेखि कायम लकडाउनले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै तर्फका विप्रेषण कारोबारमा उल्लेख्य गिरावट आएको छ । अबका केहि समय हामी सबैका लागि झनै चुनौतीपूर्ण हुनेछन् । यस्तो कठिन घडीमा हाम्रो जीवन र जीविकाको सुनिश्चित गर्नका लागि मन, बचन र कर्मले फरक र अझ चुस्त ढंगले काम गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । आशा छ, हामीले यस्तो प्रतिकूल अवस्थाबाट छिट्टो मुक्ति पाउने छौँ । कोरोना भाइरसबाट सुरक्षित रही सबैलाई कर्ममा कर्तव्यनिष्ठ भई लाग्न हार्दिक आह्वान गर्दछौँ ।

कोभिड– १९ बाट सिर्जित परिस्थितिसँग जुधेर पनि आफ्नो लक्ष्यमा अगाडी बढिरहनुभएका देश विदेशमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीप्रति हाम्रो साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछौँ । साथसाथै, मानव समुदायमा पुगेको क्षतिप्रति हामी अत्यन्तै दुः खी एवम् मर्माहत भएका छौँ ।

अन्त्यमा, विश्वव्यापी रुपमा आइएमई सेवाको पहुँच विस्तार गर्न प्रतिवद्ध व्यावसायिक साझेदार, सहकर्मी मित्रहरु, आम सेवाग्राही, नियमक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई पुनः एकपटक धन्यवादसहित हार्दिक आभार प्रकट गर्दछौं ।

हेमराज ढकाल, प्रवन्ध निर्देशक

चन्द्रप्रसाद ढकाल, अध्यक्ष

0 Shares:
You May Also Like