वैदेशिक रोजगारीमा जानेहरुका लागि IME Pay प्रस्तुत गर्दछ “ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा”

Apply for “Global Baideshik Rojgaar Tewa Karja” via IME Pay.

Global IME Bank Limited सँग सहकार्यमा

वैदेशिक रोजगारीको निम्ति विदेश जाँदै हुनुहुन्छ? सम्पूर्ण प्रकृया सफल भइसक्यो, तर अब केहि समयको लागि टेवाको खोजीमा हुनुहुन्छ भने ग्लोबल आइएमई बैंकआइएमई पेले ल्याएको छ – ग्लोबल वैदेशिक रोजगार टेवा । ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा भनेको वैदेशिक रोजगारीको लागि विदेश जान लाग्नु भएका नेपाली नागरिकहरूलाई बिना धितो टेवा दिनका निम्ति सानो कर्जा सुविधा हो।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया, युएई, साउदी अरेबिया, कतार, कुवेत, ओमान, जोर्डन, जापान र दक्षिण कोरिया लगायतका देश जान इच्छुक व्यक्तिहरूले निम्न सर्तहरू पूरा गरेको खण्डमा यस कर्जाको लागि आवेदन दिन सक्नेछन्।
क. ऋण लिन इच्छुक व्यक्तिको नाममा ग्लोबल आइएमई बैंकमा बचत खाता भएको हुनु पर्ने,
ख. आइएमई पे वालेटमा रजिस्टर भएको हुनु पर्ने र सो ग्लोबल आइएमई बैंकमा रहेको बचत खातासंग लिंक गरेको हुनु पर्ने,
ग. राहदानीको म्याद नसकिएको हुनु पर्ने,
घ. श्रम स्वीकृति लिएको हुनु पर्ने ।

यस कर्जाको सीमा रू. ५०,००० देखि रू. १,५०,०००/- सम्म वैदेशिक रोजगारीका निम्ति जान लागेको देश अनुसार दिइनेछ।

देशकर्जा
मलेसिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, ओमान र जोर्डन जस्ता देशहरूमा वैदेशिक रोजगारका लागि जानेहरूका लागिरू. ५०,००० सम्म
जापान र दक्षिण कोरियामा वैदिशक रोजगारका लागि जानेहरूका लागिरू. १,५०,००० सम्म

यस कर्जाको वार्षिक १२.८०% को स्थिर ब्याजदर रहेको छ। तर ऋृणको भुक्तानी तोकिएको समयमा नभएको खण्डमा ब्याज बापत २% जरिवाना लाग्नेछ।

यो कर्जा नेपालको सातै (७) प्रदेशका बासीहरुलाई प्रदान गराइनेछ ।

ग्लोबल वैदेशिक रोजगार टेवा कर्जाबारे बारम्बार सोधिने प्रश्नहरूः

१. ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा भनेको कस्तो कर्जा हो ?

ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा भनेको वैदेशिक रोजगारीको लागि विदेश जान लाग्नु भएका नेपाली नागरिकहरूलाई टेवा दिनका निम्ति ग्लोबल आइएमई बैंक र आइएमई पेले ल्याएको कर्जा सुविधा हो।

२. यस कर्जाका लागि को को योग्य हुन्छन् ?

२१ वर्ष माथिका वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका सबै नेपाली नागरिक यस कर्जा योजना लागि योग्य हुनेछन्।

३. यस कर्जाका लागि न्यूनतम आवश्यकता के के छ त ?

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया, युएई, साउदी अरेबिया, कतार, कुवेत, ओमान, जोर्डन, जापान र दक्षिण कोरिया लगायतका देश जान इच्छुक व्यक्तिहरूले निम्न सर्तहरू पूरा गरेको खण्डमा यस कर्जाको लागि आवेदन दिन सक्नेछन्।

क. ऋण लिन इच्छुक व्यक्तिको नाममा ग्लोबल आइएमई बैंकमा बचत खाता भएको हुनु पर्ने,
ख. आइएमई पे वालेटमा रजिस्टर भएको हुनु पर्ने र सो ग्लोबल आइएमई बैंकमा रहेको बचत खातासंग लिंक गरेको हुनु पर्ने,
ग. राहदानीको म्याद नसकिएको हुनु पर्ने,
घ. श्रम स्वीकृति लिएको हुनु पर्ने ।

४. ग्लोबल वैदेशिक रोजगार कर्जाका विशेषता के के हुन् ?

यस कर्जाको सीमा रू. ५०,००० देखि रू. १,५०,०००/- सम्म वैदेशिक रोजगारीका निम्ति जान लागेको देश अनुसार दिइनेछ।

५. देश अनुसारको कर्जा सीमा भन्नाले के कस्तो हो ?

यस कर्जा अन्तर्गत मलेसिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, ओमान र जोर्डन जस्ता देशहरूमा वैदेशिक रोजगारका लागि जानेहरूका लागि रू. ५०,००० सम्म र जापान र दक्षिण कोरियामा वैदिशक रोजगारका लागि जानेहरूका लागि रू. १,५०,००० सम्मको कर्जा सीमा तोकिएको छ।

६. यो कर्जा कस्तो र कति समयको लागि प्रदान गरिनेछ ?

यो बिना धितो प्रदान गरिने अवधिक कर्जा हो। कर्जा स्वीकृत भए पश्चात एकमुष्ठ कर्जा रकम प्रदान गरिन्छ र यसको भुक्तानी समय अधिकतम १८ महिना सम्मको रहन्छ।

७. यसको भुक्तानी मासिक किस्ताबन्दीमा हुन्छ कि त्रैमासिकमा ?

यस कर्जाको भुक्तानी समान त्रैमासिक किस्तामा हुनेछ। अर्थात ऋृण लिएको तीन–तीन महिनामा ग्राहकले यसको भुक्तानी गर्नुपर्ने छ।

८. यस कर्जाको ब्याज दर कति छ ?

यस कर्जाको वार्षिक १२.८०% को स्थिर ब्याजदर हुनेछ। तर ऋृणको भुक्तानी तोकिएको समयमा नभएको खण्डमा ब्याजमा २% जरिवाना लाग्नेछ।

९. यो ऋृणमा सुविधा लिन कस्तो धितो चाहिन्छ ?

चाहिदैन, ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा भनेको बिना धितो प्रदान गरिने कर्जा सुविधा हो।

१०. यो ऋृण कसरी लिन सकिन्छ ?

यसका लागि ग्राहकले आइएमई पे एप डाउनलोड गरी एपबाटै सरल प्रक्रिया द्वारा बैंकसम्म नगइकनै ऋृण प्राप्त गर्न सक्नेछन्।

११. यो कर्जाको के भौगोलिक प्राथमिकता छ ?

मधेश प्रदेश र लुम्बिनी प्रदेशका ग्राहकहरूलाई यस कर्जा सुविधामा विशेष प्राथमिकता प्रदान गरिनेछ।

१२. यो कर्जा चुक्ता गर्न के गर्नुपर्छ ?

यो कर्जा लिए पश्चात हरेक तीन–तीन महिनामा समान त्रैमासिक किस्ताबन्दीमा रेमिट्यान्स मार्फत आफ्नो ग्लोबल आइएमई बैंकमा रहेको बचत खातामा पठाउदा स्वतः कर्जा भुक्तानी हुने व्यवस्था गरिएको छ। अथवा आइएमई पे वालेटबाटै पनि पठाउन सकिन्छ। साथै यस कर्जालाई अग्रिम भुक्तानी पनि गर्न सकिन्छ। अग्रिम भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।

१३. यो कर्जा नतिरेमा के हुन्छ ?

यो ग्लोबल आइएमई बैंक र आइएमई पेले विशेष प्राथमिकताका साथ वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरूलाई टेवा दिनका निम्ति ल्याएको अद्वितीय कर्जा हो। तर यो ऋृण नतिरेको खण्डमा त्यस्ता ग्राहकहरूलाई बैंकले कालो सूचीमा राख्न सक्नेछ।

0 Shares:
Leave a Reply

Your email address will not be published. Required fields are marked *

You May Also Like