हाम्रो देश नेपालको मुख्य पूँजिको श्रोतको रुपमा रेमिटेन्सलाई लिन सकिन्छ। नेपालको कुल ग्राह्यस्थ उत्पादन (GDP) को एक ठुलो भाग नै रेमिटेन्स हो। हाम्रो देश तथा अन्य धेरै कम-विकसित देशहरुको घरेलु आम्दानी बढाइ गरिबी रेखाबाट माथि उकास्न रेमिटेन्सले धेरै सहयोग पुर्याएको छ।
यसरी विदेश बसेर देशमा रहेको आफ्नो घर-परिवार धान्ने लाखौंँ नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग पुर्याउन आइएमई पेले डिजिटल माध्यमबाट विदेशबाट पठाएको रेमिटेन्स सजिलै आफ्नो हात मै प्राप्त गर्ने सेवा दिँदै आएको छ। अब कतै बाहिर नगइ, आफ्नै मोबाईलमा रेमिटेन्स रकम आइएमई पे एप मार्फत प्राप्त गर्नुहोस्।
आइएमई पे एप मार्फत सजिलै विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्ने तरिका:
१. आइएमई पे एपको “होम पेज”मा जानुहोस्।
२. सबैभन्दा तल रहेको लाइनमा “रेमिटेन्स”मा दाब्नुहोस्।
३. अब “Receive Remit”मा दाब्नुहोस्।
४. विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्न “Country” लेखेको भागमा रेमिटेन्स पठाउने देश रोज्नुहोस्।
५. अब आफुले प्राप्त गर्नु भएको “कन्ट्रोल नं” र प्राप्त गर्न खोज्नु भएको रकम दाखिला गर्नुहोस्।
६. आफ्नो “पिन नं.” राखी अगाडि बढ्नुहोस्।
७. ध्यानपूर्वक आफ्नो कारोवारको समिक्षा गर्नुहोस् र तल रहेको “Receive” बटन दाब्नुहोस्।
आइएमई पे एप मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा ध्यान दिनुपर्ने कुराहरु:
- SMS द्वारा प्राप्त गर्नु भएको “कन्ट्रोल नं.” ध्यानपूर्वक दाखिला गर्नुहोस्।
- आफुले प्राप्त गर्नु भएको “कन्ट्रोल नं.” अरुसँग नबाँड्नुहोस्।
- रेमिटेन्स प्राप्त गर्दा रु. ५० बोनस पनि प्राप्त गर्नुहोस्।
- प्रापकले आफ्नो आइएमई पे एप मार्फत नि:शुल्क रेमिटेन्स प्राप्त गर्न मिल्छ।
- प्रापकले नजिकैको एजेन्ट मार्फत पनि रेमिटेन्स प्राप्त गर्न मिल्छ।
आजै आइएमई पे एप डाउनलोड गर्नुहोस्।
हामीलाई Facebook, Instagram, Twitter, and Viber मा फोलो गर्नुहोस्
सम्पर्कको लागि:
आइएमई डिजीटल शोलुसन लिमिटेड्
आइएमई भवन, पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np
टोलफ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np