सबैभन्दा सरल शब्दमा भन्नु पर्दा, रेमिटेन्स भनेको त्यस्तो धनराशी हो जुन विदेशमा काम गर्ने कामदारहरुले आफ्नो जन्मभुमीमा रहेको परिवारलाई घरयासी वा अन्य भइपरी आउने मुख्य श्रोतको रुपमा विदेशमा कमाएको पैसा पठाउछँन। यसर्थ विदेशमा मात्र नभइ, देश भित्र नै पठाउने यस्तो धनराशीलाई पनि रेमिटेन्स भनिन्छ।
नेपालको लागि रेमिटेन्स चल पूँजीको मुख्य श्रोत हो। यसले नेपालको कैयौँ घर-परिवारलाई न्यूनतम आर्थिक आवश्यकता परिपूर्ति गर्नका साथै राष्ट्रको अर्थतन्त्रमा पनि महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ।
आइएमई पे वालेट एप मार्फत प्रयोगकर्ताहरुले विविध भुक्तानी सेवाहरु प्रयोग गर्न मिल्छ। प्रयोगकर्ताहरुले यस एप मार्फत पैसा पठाउने, प्राप्त गर्ने, बिद्यालय, कलेज, पसल, रेस्टुराँ, सरकारी कार्यालय तथा दैनिक उपभोग्य सेवाहरुको भुक्तानी गर्न तथा टिकट काट्न मिल्छ। यस एपबाट सजिलै नेपाल भित्र रेमिटेन्स पनि पठाउन मिल्छ।
आइएमई पे एप मार्फत सजिलै देशभरि रेमिटेन्स पठाउने तरिका:
१. आइएमई पे एपको “होम पेज”मा जानुहोस्।
२. तल रहेको “सेन्ड मनि” बटनमा थिच्नुहोस्।
३. अब “IME (Domestic Remittance)” रोज्नुहोस्।
४. प्रापकको आइएमई पे एप रहेको मोबाईल फोन नं. दाखिला गर्नुहोस्।
५. आफुले पठाउन खोजेको रकम वा प्रापकले पाउने रकम दाखिला गर्नुहोस्।
६. अब प्रापकको विवरण दाखिला गर्नुहोस्।
७. ध्यानपूर्वक आफ्नो कारोवारको समिक्षा गर्नुहोस् र आफ्नो “पिन नं.” राखी प्रकृया सम्पन्न गर्नुहोस्।
आइएमई पे एप मार्फत देश भित्र रेमिटेन्स पठाउँदा ध्यान दिनुपर्ने कुराहरु:
- प्रापकको सम्पर्क नं. ध्यानपूर्वक दाखिला गर्नुहोस्।
- तपाईंले पठाउन खोजेको वा प्रापकले प्राप्त गर्न मिल्ने पैसा तपाईं स्वयमले मिलाउन सक्नुहुन्छ।
- रेमिटेन्स गर्ने प्रकृया सम्पन्न हुने बित्तिक्कै तपाईंले एउटा “कन्ट्रोल नं.” SMS मार्फत प्राप्त गर्नुहुन्छ, जस्को अन्त्यमा “M” अक्षर हुन्छ।
- सो “कन्ट्रोल नं.”लाई ध्यानपूर्वक आफुसँग राख्नुहोस्।
- प्रापकले आफ्नो आइएमई पे एप मार्फत नि:शुल्क रेमिटेन्स प्राप्त गर्न मिल्छ।
- प्रापकले नजिकैको एजेन्ट मार्फत पनि रेमिटेन्स प्राप्त गर्न मिल्छ।
आजै आइएमई पे एप डाउनलोड गर्नुहोस्।
हामीलाई Facebook, Instagram, Twitter, and Viber मा फोलो गर्नुहोस्
सम्पर्कको लागि:
आइएमई डिजीटल शोलुसन लिमिटेड्
आइएमई भवन, पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np
टोलफ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np