गैर-व्यवसायिक कारणको निम्ती विदेशबाट गरिने रकम स्थानान्तरण, जुन मुख्य रुपमा घर-परिवारको आम्दानी हुन्छ, सो रकमलाई रेमिटेन्स भनिन्छ। विकासशील एवम् कम विकसित देशहरुमा रेमिटेन्स नै देशको मुख्य पूँजीको श्रोत पनि हुन्छ।
नेपालमा अझ पनि धेरै घर-परिवारहरु रेमिटेन्स आयमा नै पूर्ण रुपमा भर परेको पाइन्छ। यस्ता परिवारहरुलाई डिजिटल माध्यमबाट अधिक वित्तीय सेवा प्रदान गर्न आइएमई पे एप सधैंँ तत्पर रहन्छ। विभिन्न ठाउँ र कार्यको लागि भुक्तानी गर्नको साथै आइएमई पे एप मार्फत देश भित्रबाट पठाएको रेमिटेन्स प्राप्त पनि गर्न सकिन्छ।
आइएमई पे एप मार्फत सजिलै देश भित्रबाट पठाएको रेमिटेन्स प्राप्त गर्ने तरिका:
१. आइएमई पे एपको “होम पेज”मा जानुहोस्।
२. सबैभन्दा तल रहेको लाइनमा “रेमिटेन्स”मा दाब्नुहोस्।
३. अब “Receive Remit”मा दाब्नुहोस्।
४. नेपालबाट पठाएको रेमिटेन्स प्राप्त गर्न सर्वप्रथम “Country” लेखेको भागमा “नेपाल” रोज्नुहोस्।
५. अब आफुले प्राप्त गर्नु भएको “कन्ट्रोल नं” र प्राप्त गर्न खोज्नु भएको रकम दाखिला गर्नुहोस्।
६. आफ्नो “पिन नं.” राखी अगाडि बढ्नुहोस्।
७. ध्यानपूर्वक आफ्नो कारोवारको समिक्षा गर्नुहोस् र तल रहेको “Receive” बटन दाब्नुहोस्।
आइएमई पे एप मार्फत देश भित्रबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा ध्यान दिनुपर्ने कुराहरु:
- SMS द्वारा प्राप्त गर्नु भएको “कन्ट्रोल नं.” ध्यानपूर्वक दाखिला गर्नुहोस्।
- आफुले प्राप्त गर्नु भएको “कन्ट्रोल नं.” अरुसँग नबाँड्नुहोस्।
- रेमिटेन्स प्राप्त गर्दा रु. ५० बोनस पनि प्राप्त गर्नुहोस्।
- प्रापकले आफ्नो आइएमई पे एप मार्फत नि:शुल्क रेमिटेन्स प्राप्त गर्न मिल्छ।
- प्रापकले नजिकैको एजेन्ट मार्फत पनि रेमिटेन्स प्राप्त गर्न मिल्छ।
आजै आइएमई पे एप डाउनलोड गर्नुहोस्।
हामीलाई Facebook, Instagram, Twitter, and Viber मा फोलो गर्नुहोस्
सम्पर्कको लागि:
आइएमई डिजीटल शोलुसन लिमिटेड्
आइएमई भवन, पानीपोखरी
काठमाडौँ, नेपाल
www.imepay.com.np
टोलफ्री नम्बर (NTC प्रयोगकर्ता मात्र): 16600161616
फोन: 01-4217601, 01-4217600
Email: info@imepay.com.np